काठमाडौं: पार्टीगत रुपमा सम्पबन्ध स्थापित गर्न सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वमा तीन सदस्यीय टोली बिहीबार भारत जाँदैछन्। सहमहामन्त्री डा. महतसँगै केन्द्रीय सदस्य अजय चौरसिया र नेता उदय शमशेर राणा बिहीबार भारत जाँदैछन्।
नेता राणाले भाजपाको निम्तोमा जान लागेको र भ्रमण दुई पार्टीबिचको सम्बन्ध विस्तारमा केन्द्रित रहने बताए । गत अगष्ट महीनामा भाजपका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका थिए । उनले प्रमुख राजनीतिक दलका नेताहरुसँग भेट गरेका थिए । पछिल्लोपटक भाजपाले नेपालका राजनीतिक दलहरुसँग सम्बन्ध विस्तार गरिरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा यतिवेला भारतसँगको सम्बन्ध सुधारमा लागेका छन् । मन्त्रिपरिषद् विस्तारसँगै देउवाको भारत भ्रमणको मितिसमेत तय हुने स्रोतले बतायो । भारतले मन्त्रिपरिषद् विस्तार भइसकेपछि मात्र देउवालाई औपचारिक भ्रमणको निम्तो पठाउने संकेत यस अगाडि नै दिइसकेको छ ।