काठमाडौं: पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले भारतमा नेपाल र नेपालीप्रति कति हेपाहा व्यवहार हुन्छ भन्ने कुरा आफैंले भोगेको बताएका छन्।
‘राजदूत रञ्जित रे ले भनेझैं भारतमा नेपालरनेपालीबारे कस्तो आम बुझाइ छ भन्ने म आफैंले प्रत्यक्ष भोगेको छु– चण्डिगढमा पढ्न जाँदा त्यहाँका प्रिन्सिपलले मसँग पहिलो भेटमा ‘नेपाल कहाँ छरु’ भनेको’, बुधबार बिहान डा। भट्टराईले भनेका छन्, ‘ठूलाबडाको घरमा जाँदा ‘मेरो नोकर पनि नेपालकै हो’ भनेको आदि कारणले पनि म क्रान्तिमा लागेको हुँ।’