संसदको चालु अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, एमाले बने प्रमुख कारण !

10.1k Shares

काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोध जारी रहेकोले सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । 

सँधै विरोधबीच संसद चलाउनुभन्दा अधिवेशन अन्त्य गर्न उपयुक्त हुने सरकारको ठहर छ । यस विषयमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुखसँग अनौपचारिक रुपमा छलफलसमेत गरेका छन् ।

कानुन मन्त्रालयका अनुसार संसदमा पेश भएका केही विधेयकहरु फिर्ता लिने र अधिवेशन अन्त्य गर्ने तयारीस्वरुप मन्त्री खड्काले सभामुखसँग कुराकानी सुरु गरेका हुन् । विधेयकहरु फिर्ता गर्न मन्त्रालयका अधिकारी र संसद सचिवालयबीच पनि कुराकानी भइरहेको बुझिएको छ ।

‘चालु अधिवेशन हिउँदे कि बर्षे भन्ने प्रश्न समेत उठिरहेको छ । संसदका मुख्य तीनवटा काम हुन्छन्, त्यसमा पनि हिउँदे अधिवेशनका पहिलो काम कानुन बनाउने हो भने बर्षे अधिवेशनको काम सरकार बनाउने र बजेट पारित गर्ने हो । यस अधिवेशनले सरकार बनाउने र बजेट समेत पारित गर्ने दुवै महत्वपुर्ण काम गरिसकेकाले यसको प्रमुख दायित्व सकिएको छ, त्यसै पनि अव दशै तिहार विदा हुन्छ त्यसकारण अधिवेशन बन्द गरेर जाँदा उपयुक्त हुन्छ भन्ने सरकारको सोच छ,’ मन्त्रालय स्रोतले भन्यो । 

कानुन मन्त्रालयका अनुसार सरकारले संघीय निजामती सेवा विधेयक, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक रेलसम्बन्धी विधेयक, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक फिर्ता लिने तयारी पनि गरेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार