दोस्रो इन्टर दाङ भ्याली खुला टि–२० क्रिकेट हुने !

12.5k Shares

कृष्ण अधिकारी, दाङ: दाङको तुलसीपुरमा दोस्रो इन्टर दाङ भ्याली टि–२० क्रिकेट च्याम्पियनसिप हुने भएको छ ।

डिभिसिसि दाङको आयोजनामा महेन्द्र माध्यामिक विद्यालयको खेलमैदान तुलसीपुरमा संचालन हुने प्रतियोगिता यहि असोज २३ गतेदेखि सुरु हुनेछ ।
पहिलो संस्करण सफलता पूर्वक सम्पन्न गरेको डि भि सि सीले जिल्लामा क्रिकेट खेलको पहुँच अभिवृद्धि गर्ने र नवप्रतिभाहरुलाई क्रिकेट खेलमा स्थापित गर्ने उदेश्यकासाथ क्रिकेट च्याम्पियनसिपको आयोजना गरेको बताएको छ ।

प्रतियोगिताको बिजेताले नगद ४० हजार ट्रफी,मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष आभास बुढाथोकीले जानकारी दिएका छन् । एक साता बढी संचालन हुने प्रतियोगितामा जिल्लामा स्थापित क्रिकेट क्लबको प्रतिनिधित्व हुने र १२ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधातर्फका बेस्ट ब्याट्सम्यान,बेस्ट बलर,वेस्ट फिल्डर, म्यान अफ द म्याच, म्यान अफ द सिरिज र मोस्ट सिक्स प्रहार गर्ने खेलाडीलाई पुरस्कृत गरिनेछ । मिडिया संयोजक कृष्ण अधिकारीले मिडिया पार्टनरमा नाईल खबर डटकम, अग्रिम साप्ताहिक, अजम्वरी टेलिभिजन, लाईभदाङ डट कम रहेका बताए ।

अन्तिम टिम दर्ता मिति असोज २१ गतेसम्म राखेको आयोजकले टिम दर्ता, आर्थिक र प्राबिधिकलगाएतका तयारीलाई तीब्र पारेको उपाध्यक्ष सागर देवकोटाले  जानकारी दिए । यस कार्याक्रमलाई नयाँ जीवन पुनस्र्थापना केन्द्र तुलसीपुरले मुख्य प्रायोजना गरेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार