गृहजिल्लामा ओलीलाई झड्का: राज्यमन्त्री गजमेर र सांसद बुढाथोकीद्वारा पद अस्विकार

11.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा मनोनयन गरेका नेताहरुले धमाधम पद अस्विकार गर्न थालेका छन् ।

प्रधानमन्त्री ओलीको गृहजिल्ला झापाका दुई प्रदेश सांसदले पद अस्विकार गरेको घोषणा गरेका छन् ।

प्रदेश १ सरकारको समाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र प्रदेश सांसद गोपाल बुढाथोकीले ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गरेका छन् ।

ओली समूहले आफूहरुलाई नसोधि पद दिएको भन्दै पद अस्विकार गरेको घोषणा गरेका हुन् ।
 
प्रम ओलीको गृह जिल्ला झापाको विर्तामोड घर भएकी राज्यमन्त्री गजमेरले बुधबार बिहान फेसबुकमा स्टाटस लेख्दै भनेकी छन ,‘विश्वास र भरोसासाथ अमूल्य मत दिएको पार्टी विभाजन हुँदा जनता रोइरहेको अवस्थामा प्राप्त केन्द्रीय कमिटीको जिम्मेवारीलाई मैले स्वीकार गर्न सकिन ।’ 

ओलीको गृहनगर झापा मेची नगरका प्रदेश सांसद गोपाल बुढाथोकीले पनि आफुलाई विभाजित कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य मञ्जुर नभएको बताएका छन् । 

उनले स्टाटसमा लेखेका छन्, ‘कम्युनिस्ट आन्दोलन फुट विभाजनको तीतो  इतिहासबाट पनि हाम्रा नेताहरुले शिक्षा लिएनन् । जनतालाई धरधरी रुवाएर परिवारभन्दा पनि बढी माया गरेको पार्टी विभाजन गराए हामी यो बेला दुःख ब्यत्त गर्न रमिते हुनबाहेक के पो गर्न सक्नेरहेछौँ र ? मलाई विभाजित कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य पद मन्जुर छैन ।’ 

राज्य मन्त्री गजमेर र बुढाथोकी दुवै पार्टी एकता अगाडीदेखि नै पूर्वएमालेमा रहँदा माधव नेपाल समूहमा थिए ।

ताजा अपडेट
सम्बन्धित समाचार