काठमाडौं : नेकपा माओवादी केन्द्र परित्याग गरी सर्लाहीका नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन ।
सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर १० का नेता युवा जयराज चौलागाईं, राजु शिवाकोटी (राजन), बिरु लामा, जीवन लामा, डम्बर लामा, विकाश यादव र अमृत पाख्रिन माओवादी परित्याग गरी आफ्नो समुहसहित एमाले प्रवेश गरेका हुन् ।
एमालेको केन्द्रीय कार्यालय थापाथलीमा एक कार्यक्रमबीच महासचिव ईश्वर पोखरेलले उनीहरुलाई खादा लगाएर पार्टीमा स्वागत गरेका छन् ।
एमाले प्रवेश गरेका नेताहरुले माओवादी कांग्रेसको शरणमा पुगेर कम्युनिष्ट आन्दोलनमाथि गम्भीर घात गरेकोले एमाले रोजेको बताए ।