मुख्यमन्त्री शाक्यले २४ गते विश्वासको मत लिँदै

6.8k Shares

काठमाडौँ: बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २४ गते विश्वासको मत लिने भएकी छन् । विश्वासको मतका लागि प्रदेश सरकारले असोज २४ गते अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते आइतबार दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।

शाक्यले २५ गतेसम्म विश्वासको मत लिनै पर्ने कानुनी बाध्यता छ । प्रदेशसभाको विश्वास लिन शाक्यले ५५ सांसदको समर्थन जुटाउनुपर्छ ।

१ सय ९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेका ४३ सांसद मात्र छन् ।यो सरकार गठन गर्न आवश्यक बहुमत हो । गठबन्धन बाहिर विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २र२ र एक जना स्वतन्त्र सांसद छन् ।

यी सबै दलले अष्टलक्ष्मीलाई साथ दिए पनि ५१ जना मात्र पुग्छ । जुन सरकार गठन गर्नका लागि पर्याप्त हुदैन । प्रदेशसभामा नेपाली काँग्रेसको २२, माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीका १३ गरी ५८ सांसद हुन्छन् ।

 

ताजा अपडेट
सम्बन्धित समाचार