काङ्ग्रेस संसदीय दलका इन्द्रबहादुरले दुई महिनाको लागि मुख्यमन्त्री मागेपछि तनावमा देउवा, यी नेताले जनाए आपत्ति !

14.3k Shares
सम्बन्धित पार्टी

काठमाडौँः कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दुई महिनाका लागि भए पनि मुख्यमन्त्री बन्नुपर्ने दबाब प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको एक प्रदेशसभा सांसदले खुलासा गरेका छन् । उनले मुख्यमन्त्री बन्न गरेको प्रस्तावमाथि कांग्रेसभित्रै चर्को विरोध सुरुभएको काङ्ग्रेसनिकट एक स्रोतले जानकारी दिए । पार्टी महाधिवेशनका बेला बानियाँले मुख्यमन्त्री दाबी गरेको भन्दै कांग्रेस नेता डा. शेखर कोइरालाले केही दिनअघि सार्वजनिक रुपमै आपत्ति जनाएका थिए ।

आफ्नै पार्टीभित्रबाट विरोध भएपछि मुख्यमन्त्री बन्ने झिनो सम्भावना बोकेका बानियाँलाई बागमतीको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले पनि साथ नदिने संकेत प्रष्ट देखिएको छ । बानियाँको ठाउँमा माओवादी केन्द्रले एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउन साथ दिने भएको छ । माओवादीका एक प्रदेश सांसदका अनुसार पाण्डेलाई मुख्यमन्त्रीमा समर्थन गर्ने तयारी रहेको जानकारी दिए ।

‘बानियाँले मुख्यमन्त्रीमा दाबी गरेका छन् । तर, हाम्रो पार्टीले पाण्डेलाई समर्थन गर्छ,’ माओवादीका एक सांसदले भने । उनी भन्छन्, ‘कांग्रेसलाई मुख्यमन्त्री दिने विषय बन्यो भने माओवादीले पनि मुख्यमन्त्रीमा दाबी गर्छ । कांग्रेसभन्दा ठूलो दल प्रदेशसभामा माओवादी केन्द्र छ । कांग्रेसलाई मुख्यमन्त्री किन दिने ?’

ताजा अपडेट
सम्बन्धित समाचार