अनेरास्ववियू विद्यार्थीहरुको मशाल जुलश - प्रदर्शन गर्न थालेपछि प्रहरीद्वारा दमन !

10.4k Shares

धनुषा : संसद विघटन विरुद्ध मशाल जूलूस प्रदर्शन जनकपुरधाममा प्रचण्ड र माधव समुहका विद्यार्थीहरुले पार्टी कार्यालयबाट कदमचौक पुग्नै थालेपछि प्रहरीद्वारा दमन भएको छ ।

अनेरास्ववियू विद्यार्थीले हातमा बोकेको मशाल प्रहरीले हस्तक्षेप गरेका थिए । यहीँ क्रममा प्रहरीहरुद्वारा तुरुन्तै दमन भएपछी लठ्ठी चार्ज गर्न लखेट्ने प्रयोगमा भए त्यसपछि विद्यार्थीहरुले मशाल छाडेर बच्न प्रयासमा आए । अनेरास्ववियू धनुषाका ५/६ जनालाई चोटपटक समेत लागेको छ। 

प्रहरीहरुले दमन गरेको चोटपटक लागेमा संयोजक मनिस यादव, सह संयोजक शिव चन्द्र झा र किरण कापर लगायत तनविर रेजा राइन, मुना साह, गणेश महतो रहेकोे थियो । 

मशाल जुलुशको सुचना पाएसंगै जनकपुरधामको रामचौक, जनकचौक, शिवचौक, कदमचौक र भानुचौक सहितकोमा व्यापक प्रहरी परिचालनमा खटाएको थियो ।

ताजा अपडेट
सम्बन्धित समाचार