गाड्न लागिएको स्थानबाट प्रहरीद्धारा शव बरामद, यस्तो छ कारण !

14k Shares

काठमाडौं : भारत घर भएकी १९ वर्षीया युवतीको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले गाड्न लागिएको स्थानबाट शव बरामद गरेको छ। 

ती किशोरीको जबरजस्ती करणीपछि रक्तश्रावका कारण मृत्यु भएको प्रारम्भीक सूचना प्रहरीले पाएको थियो। तर, युवतीका आफन्तले भने उनी आफैँ झुण्डिएर आत्महत्या गरेको दावी गरेका छन्। 

भारत पश्चिम चम्पारण जिल्ला बेतियाकी युवती आफन्त दिदिको घरमा आएकी थिइन्। पर्सा जगरनाथपुरका जफिर मियाँले ति युवतीलाई जवर्जस्ती करणी गर्दा अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको आशंका प्रहरीको छ। मियाँ अहिले फरार छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार बिहीबार अपरान्ह वीरगञ्ज मुर्ली कब्रस्थानबाट युवतीको शव बरामद गरिएको हो। ‘ हामीलाई सूचना एउटा आयो, युवतीको घाँटीमा पनि नीलो टाटा देखिन्छ। रक्तस्राव भएको पनि देखिन्छ,‘ एसपी पाण्डेले सुनौलो नेपालसँग भने,‘ घटना शंकास्पद देखिएकैले युवतीको शव पोष्टमार्टका लागि काठमाडौं आजै पठाउँछौँ।’

प्रहरीले युवतीको शव गाड्ने तरखरमा रहेका किशोरीका केही आफन्तलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जानकारी एसपी पाण्डेले दिए।

ताजा अपडेट
सम्बन्धित समाचार