काठमाडौं: बाराको सिमराबाट काठमाडौं आउन लागेको बुद्ध एयरको जहाजको टायरमा हावाँ खुस्किएको छ ।
काठमाडौंबाट सिमरा पुगेको सो जहाज अवतरणपछि पार्किङतिर लैजाने क्रममा टायरको हावा खुस्किएको हो।
सिमरा विमानस्थल कार्यालयका अनुसार १० बजेर ५३ मिनेटमा अवतरण भएको बुद्ध एयरको उडान नम्बर ५५३ जहाजको टायरको हावा खुसकिएपछि उडानसमेत डिले भएको छ।
बिहान साढे ९ बजे ल्याण्ड हुने पर्ने जहाज ढिला गरी सिमरा विमानस्थलमा पुगेको थियो। समस्या आएको जहाज अहिले मर्मतको काम भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।
अहिले काठमाडौंबाट अर्को जहाज लगरे यात्रुललाई काठमाडौं ल्याउने तयारी भएको जनाएको छ।