प्रचण्ड-नेपाल पक्षको संसद विघटनविरुद्ध आन्दोलन शुरु, शिर्ष नेतासहित माइतीघरमा प्रदर्शन

15.1k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षले संसद विघटनविरुद्ध आन्दोलन शुरु गरेको छ । प्रचण्ड-नेपाल पक्षले आज काठमाडौँको माइतीघरबाट आन्दोलन शुरु गरेको हो ।

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल अमृत बोहोरा, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु प्रदर्शनमा सहभागि भएका छन् । प्रदर्शनका क्रममा हामी यहि छौं, हामी ज्युदै छौं जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरिएको छ ।

प्रचण्ड-नेपाल पक्षका सबै केन्द्रीय सदस्यहरु र निवर्तमान सांसदहरु माइतीघरको प्रदर्शनपछि आजै १२ बजे निर्वाचन आयोग जाने कार्यक्रम छ । निर्वाचन आयोग पुगेर आफु वैधानिक नेकपा भएको र आफुहरुसँग बहुमत रहेको प्रमाणित गर्ने मंगलबार र विहिबार बसेको केन्द्रीय कमिटी बैठकले आयोगमा जाने निर्णय गरेको थियो ।

 

त्यस्तै प्रचण्ड-नेपाल पक्षले आजै २ बजे कार्की पार्टी प्यालेसमा पत्रकार सम्मेलनको समेत आयोजना गर्दै छ ।  

ताजा अपडेट
सम्बन्धित समाचार