स्वार्थमा विधि, प्रणाली र नैतिकता मिच्नेहरूले नै देशलाई संकटतर्फ धकेले :भीम रावल

16.8k Shares

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नैतिकता देखाउनुपर्ने बताएका छन् । 

गत शुक्रबार उद्योग तथा आपूर्तिमन्त्रीमा नियुक्त भएका गजेन्द्र हमालले आइतबार पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि हमालले राजीनामा  दिएका हुन् । 

यसै बिषयलाई लिएर नेता रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत टिप्पणी गरेका हुन् । नेता रावलले  स्वार्थमा विधि, प्रणाली र नैतिकता मिच्नेहरूले नै देशलाई संकटतर्फ धकेल्दै आएको बताएका छन् ।

उनले लेखेका छन् - 'व्यापक विरोध पछि मन्त्री गजेन्द्र हमालले त राजीनामा दिए अब निजलाई मन्त्री बनाउने प्रमं देउवा, गठबन्धनका शीर्ष नेताहरू र प्रन्या चोलेन्द्र राणाले नैतिकता देखाउने आँट गर्नुहुन्छ कि गर्नुहुन्नरु निहित स्वार्थमा विधि, प्रणाली र नैतिकता मिच्नेहरूले नै देशलाई संकटतर्फ धकेल्दै आएका छन्।'

ताजा अपडेट
सम्बन्धित समाचार