पोखरा : गण्डकी प्रदेशका कांग्रेस सांसद डोबाटे विश्वकर्मा मन्त्रीमा नियुक्त भएका छन् ।
मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले सोमबार बिहान सांसद डोबाटेलाई मन्त्रीमा नियुक्त गरेका हुन् । डोबाटेलाई बिनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिएको छ ।
डोबाटेलाई मन्त्रीमा नियुक्त गरिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोइरालाले जानकारी दिए । उनका अनुसार डोबाटेको शपथ साँझ पाँच बजेका लागि तय गरिएको छ ।
गण्डकीमा काँग्रेस नेता पोखरेल नेतृत्वको सरकार छ । एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
डोबाटेको नियुक्तसँगै गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित १२ सदस्यीय मन्त्रपरिषद भएको छ।