आज प्रतिनिधिसभाको बैठक बस्दै

7.9k Shares

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज (सोमबार) दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ । संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । 

यस्तै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको छ । चालू अधिवेशन सुरु भएदेखिका बैठक अवरोध गर्दै आएको एमालेले आजको बैठक पनि अवरोध गर्ने जनाएको छ ।

पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुख सापकोटाले एमाले विभाजनमा सहयोग गरेको भन्दै एमालेका सांसदहरुल अवरोध गर्दै आएका छन् । 

ताजा अपडेट
सम्बन्धित समाचार