काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा महानगरपालिका–१४ छिनेडाँडामा रहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । उनले सोमबार विमानस्थलको निरीक्षण गरेका हुन् ।
निरीक्षणको क्रममा प्रधानमन्त्री देउवाले निर्माणाधीन विमानस्थलको समस्या समाधान गर्ने बताए । उनले भने - 'विमानस्थलको भौतिक प्रगतिप्रति म खुसी छु, डाँडा कटानका लागि सरकारले सहजीकरण गर्छ ।' विमानस्थलको ८५ प्रतिशत निर्माणकार्य सम्पन्न भइसकेको छ ।
बिहान १० बजे पोखरा पुगेका देउवाले बिहानसम्म कार्यकर्ता भेटघाट गरेपछि विमानस्थलको निरीक्षण गरेका थिए । उनी आजनै विभिन्न कार्यक्रम सकेर काठमाडौँ फर्किने बताइएको छ ।