सुर्खेत : मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार २४ जनाको घटनास्थलमै मृत्यु भएको र २ जनाको घटनास्थलबाट उद्दार गरेर विमानस्थलमा लैजाने क्रममा तथा २ जनाको विमानस्थल पुर्याइएपछि मृत्यु भएको हो। यस्तै, ४ जनाको उपचारका लागि नेपालगञ्ज नर्सिङ होममा पुर्याएपछि मृत्यु भएको बताइएको छ ।
घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरुष, ७ जना महिला र १ बालक रहेका जनाइएको छ ।