रामको ससुरालीमा रावण वध
जनकपुरधाम: विजयादशमीको १०औँ दिनको अवसरमा एकैसाथ लंका दहन, रावण,मेघथान र कुम्भकरणको वध गरिएको छ । राजा जनकले मिथिला राज्यको राजधानी जनकपुरधामामा शुक्रबार त्रेतायुगको भागवान श्रीरामले धर्मपत्नी माता सीताको अपरण गर्ने रावणलाई वध गरे जस्तै एकै साथ रावण, मेघनाथ र कुम्भकरणको ५२ फिटको प्रतिमा बनाई जलाएर नष्ट गरिएको छ ।
भागवान रामको ससुरालको रुपामा चिनिने जनकपुरधाममा रावण वध पछिल्लो एक दशकदेखि हुँदै आएको छ । स्थानीय महावीर युवा कमिटीले दसैँको अवसरमा रावणको प्रतिमा बनाई त्यसलाई जलाएर नष्ट गर्ने कार्यक्रमको आयोजना गर्दै आएको छ । विगतका वर्षहरुमा रावणको मात्र प्रतिमा बनाइए पनि यस वर्ष मेघनाथ, कुम्भकरण र लंकाको समेत प्रतिमा बनाइएको थियो ।
रावण वध र लंका दहनमा करिब १५ देखि २० लाख रुपैयाँ खर्च भएको आयोजक कमिटीले जनाएको छ । विगतका वर्षहरुमा कुनै राजनीतिक दलका नेताहरूले रावण वध गरे पनि यस वर्ष राम मन्दिरकै महन्थ राम गिरीले गरेका छन् ।