साफ च्याम्पियनसिप: नेपालले गरेको प्रदर्शनले नेपाली खेलकुदमा नयाँ आशा जगायो !

24.2k Shares

काठमाडौं: युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहजराजले साफ च्याम्पियनसिपमा नेपाली राष्टिय टोलीले गरेको उत्कृष्ट प्रदर्शनले नेपाली खेलकुदमा नयाँ आशा जगाएको बताएका छन् ।

साफ च्याम्पियनसिपको उपविजेता नेपाली राष्टिय फुटबल टोली आज स्वदेश फर्किएको हो । टोलीको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका मन्त्री गहतराजले नेपाली टोलीलाई स्वागत गर्दै टोलीले देखाएको गोर्खा स्पिरिटका लागि धन्यवाद दिए ।

'तपाईहरुले माल्दिभ्समा जुन प्रकारको प्रदर्शन गर्नु भएको छ, त्यसका लागि नेपाल सरकार, खेलकुद मन्त्रालय तथा म व्यत्तिगत रुपमा धन्यवाद दिन चाहन्छुु,गहतराजले भने, 'साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल पुगेर नेपाली फुटबल टोलीले समग्र नेपाली खेलकुदका लागि नयाँ बाटो कोरिदिएको छ । त्यो उतकृष्ट प्रदर्शनलाई नेपाली टोलीले कायम राख्छ भन्ने विश्वास छ ।'

नेपाली टोलीको स्वागत गर्न सयौ समर्थक विमानस्थल पुगेका थिए । उनीहरुले 'थ्याक्यु अब्दुल्लाह 'भन्ने नारा लगाएका थिए । प्रशिक्षक अल्दुल्लाह अल्मुताइरी माल्दिभ्सबाटै कुवेत प्रस्थान गरेका छन् ।

साफ फाइनल नेपालका लागि आफ्नो अन्तिम खेल हुने घोषणा गरेका अल्मुताइरीले फाइनल पछि भने दुई साता आराम गर्ने र त्यसपछि मात्र नेपाल फर्कने वा नफर्कने अन्तिम निर्णय लिने बताएका थिए ।

शनिबार भएको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो ।

ताजा अपडेट
सम्बन्धित समाचार