जानसक्छ प्रदेश १ का मुख्यमन्त्री आचार्यको पद, भावी मुख्यमन्त्री को ?

10.6k Shares

काठमाडौं: एमालेको विभाजनको पूर्वसन्ध्यामा प्रदेश १ को मुख्यमन्त्री बनेका भीम आचार्यले यही साताभित्र प्रदेश सभामा विश्वासको मत लिनु पर्ने भएको छ । प्रदेश सभाले ५ कार्तिकका लागि बोलाएको बैठकबाट मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने देखिएको एक सासंदले बताए ।  

तर, उनले विश्वासको मत नपाउने पक्कापक्की भएको  देखिन्छ । एक सासंदले दिएको जानकारी अनुसार ९२ सदस्यीय प्रदेशसभामा उनका लागि विश्वासको मत पाउन ४७ सांसदको मत चाहिन्छ । तर, अहिले सत्तारुढ एमालेसँग ४१ सांसद मात्र रहेका छन् ।

प्रदेश १ मा विपक्षी गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका प्रदेश सांसदको संख्या भने ४९ रहेको छ । त्यसैले अब यही गठबन्धनबाट प्रदेश १ मा मुख्यमन्त्री बन्ने निश्चित छ उनले भने गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री बन्न सक्ने सम्भावना बढी रहेको छ । 

प्रदेशमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १० र जसपाका ३ प्रदेश सांसद रहेका छन् ।  

प्रदेश १ मा राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मन्चका एक एक जना सांसद पनि रहेका छन् । उनीहरुले मुख्यमन्त्री भीम आचार्यलाई नै मत दिए पनि आचार्यको मुख्यमन्त्री पद जोगिने सम्भावना छैन ।

झन्डै दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी छिन्नभिन्न हुँदा केपी शर्मा ओली नेतृत्वको एमालेले प्रदेश सरकारको नेतृत्वबाट पनि अब विस्तारै आफ्नो पकड गुमाउँदै जाने प्रष्ट भएको छ । 

यसअघि गण्डकी र लुम्बिनी प्रदेशमा ओली नेतृत्वको एमालेको सरकार ढलिसकेको छ । अब यही क्रम प्रदेश १ र बागमती प्रदेशमा पनि हुने भएको छ ।  

ताजा अपडेट
सम्बन्धित समाचार