बाढी–पहिरोपीडितको तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन

11.4k Shares

काठमाडौं:  प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी–पहिरोपीडितको तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका छन् ।

लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढी–पहिरोले क्षति पुर्‍याएको भन्दै क्षतिको ‘ब्रिफिङ’ गर्न गृहमन्त्री खाँण मंगलबार बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए ।

प्रधानमन्त्री देउवाले जिल्ला प्रशासनमार्फत उद्धारका काम तीव्र बनाउन, आवश्यक परेका ठाउँमा थप सुरक्षा टोली पठाउन र राहतको व्यवस्था गर्न निर्देशन दिएका हुन् । जवाफमा गृहमन्त्री खाँणले बाढी प्रभावित जिल्लामा आफूले टेलिफोनमार्फत जानकारी लिएको र आवश्यक निर्देशन पनि दिइसकेको बताएका थिए ।

उक्त भेटपछि प्रधानमन्त्रीले ट्विट गरेका छन् । उनले सुदूरपश्चिम प्रदेशसहितका विभिन्न जिल्लामा तत्काल उद्धार र राहतको काम अघि बढाउन आफूले निर्देशन दिएको ट्विटरमार्फत सार्वजनिक गरेका छन् ।

“सुदूरपश्चिमलगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृहमन्त्रीलाई निर्देशन गरेको छु,” प्रधानमन्त्री देउवाले ट्विटमा लेखेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार