अविरल वर्षाका कारण हुम्लामा एकै परिवारका ६ जनाको मृत्यु  

11.5k Shares

काठमाडौँ : अविरल वर्षाका कारण पहिरो जाँदा हुम्लामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । मंगलबार राति खार्पुनाथ गाउँपालिका–५, खर्पेलगाउँमा एउटा घर पुरिँदा चारजनाको मृत्यु र दुईजना बेपत्ता भएका हुन् । 

मृत्यु हुनेहरुमा खार्पुनाथ गाउँपालिका ५ खर्पेलगाउँका घरमुली धनविरे शाही, कलबहादुर शाही, धोक्ची शाही, हुमेश शाही, अलिन्द शाही र दुई वर्षिय नाबालक छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार खर्पेलगाउँस्थित धनवीरे शाहीको घर पहिरोले पुरिएको छ । मृतकमध्ये चार जनाको मात्रै शव निकालेको छ भने बाँकी दुई जनाको शन निकाल्ने पर्यास भइरहेको छ ।

अविरल बर्षापछि आएको बाढीले मंगलबार राती करिव ८ बजेतिर पहिरोले घरसँगै परिवारका सबै सदस्यलाई पुरेको थियो ।

ताजा अपडेट
सम्बन्धित समाचार