एमालेले बोलायो स्थायी समिति बैठक, यस्तो छ कार्यसूचि

7.5k Shares

काठमाडौं: नेकपा एमालेले स्थायी समिति बैठक बोलाएको छ। अध्यक्ष केपी शर्मा ओलीसँग छलफलपछि महासचिव ईश्वर पोखरेलले बिहीबारका लागि बैठक बोलाएका हुन्।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिरमा हुँदै छ। सोहीअन्तर्गत वडा र पालिका अधिवेशन कात्तिक ६ बाट सुरु हुँदै छ। वडा र पालिका अधिवेशनको लागि आवश्यक नीतिगत निर्णय गर्न स्थायी समिति बैठक बोलाएको हो।

विधान महाधिवेशनको समीक्षा समेत गर्नेगरि बस्न लागेको बैठकले तल्ला तहका अधिवेशनहरूको लागि केन्द्रबाट दिइने मार्गदर्शन तथा १० बुँदे कार्यान्वयनमा समस्या भएका ठाउँहरूको बारेमा समेत टुंगो लगाउनेछ। विधान महाधिवेशनपछि पहिलो पटक बस्न लागेको बैठकमा समग्र विषयमा छलफल हुने नेताहरूले बताएका छन्।

ताजा अपडेट
सम्बन्धित समाचार