दुःखमा परेका नागरिकलाई यतिबेला सरकारको बलियो साथको आवश्यकता छ : थापा

7.7k Shares

काठमाडौं: नेपाली काँग्रेसका नेता गगन थापाले विपद्को समयमा सरकारले अभिभावक भएको आभास दिलाउनुपर्ने बताएका छन्। सोमबारदेखिको वर्षाका कारण सुदूरपश्चिमलगायत देशका कैयौं ठाउँमा बाढी पहिरोले जनजीवन अस्तव्यस्त भएको सन्दर्भमा उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

आफन्त गुमाएका, विस्थापित भएका र खेतीबाली नष्ट भएका हरेक नागरिकलाई बलियो ढाडस दिन उनले सरकारसँग आग्रह गरे। दुःखमा नागरिकलाई सरकारको बलियो साथको आवश्यकता रहने भएकोले सरकारले सहानुभूतिको महसुस गराउनुपर्ने बताएका छन्।

‘यो वेला नै हो सरकारले अभिभावक भएको आभास दिलाउने। प्रधानमन्त्रीज्यू, आफन्त गुमाएका, विस्थापित भएका, खेतीबाली नष्ट भएका, जोखिममा रहेका हरेकलाई बलियो ढाडस दिनुस्, दुःखमा सहानुभूतिको महसुस गराउनुहोस्,’ उनले भनेका छन्।

ताजा अपडेट
सम्बन्धित समाचार