काठमाडौँ : नेपाली कांग्रेसको सभापति चयनका लागी हुने दोश्रो चरणको निर्वाचनमा शेखर कोइरालाले चुनाव नलड्ने देखिएको छ ।
दोश्रो चुनावमा प्रकाशमान सिंह र सुजाता कोइरालाले शेरबहादुर देउवालाई समर्थन गरेपछि निधिले समेत देउवालाई समर्थन गर्ने सम्भावना बलियो बनेपछि शेखर कोइराला आफु स्वतः हार्ने चुनावमा नजाने मुडमा देखिएका हुन्।
श्रोतका अनुसार प्रकाशमान सिंहको समर्थनसंगै लोकप्रिय नेता विश्वप्रकाश र सुजाताको देउवालाई स्वतः समर्थन जाने भएपछि आफु चुनावमा जानु उपयुक्त नभएको कोइरालले बताउन थालेका छन्।
कोइरालले हार्ने चुनावमा जान्न भनेपछि कोइरालासंग होटल मेरिटमा कोइराला पक्षका नेताहरु छलफलमा जुटेका छन् । छलफलमा डा मीनेन्द्र रिजाल, गगन थापा लगायत शेखर कोइराला समूहका नेता सहभागी छन्।