महामन्त्री गगन थापा किन पुगे सिटौला निवास ? यस्तो छ कारण!

14.9k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगन थापा नेता कृष्णप्रसाद सिटौलालाई भेट गर्न उनकै निवास पुगेका छन् । पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएका थापा मंगलबार सिटौला निवास पुगेका हुन् । थापाले नेता सिटौलासँग भेट गरी आशीर्वाद मागेका छन् । 

थापाले आशीर्वाद मागेपछि सिटौलाले पार्टीलाई एकढिक्का बनाएर लैजान सुझाव दिएका छन् । भेटमा सिटौलाले  विगतका तितामिठा कुरा बिर्सेर काम गर्न सल्लाह दिएको एक नेताले बताए । 

 कांग्रेसको १३औं महाधिवेशनमा थापा र सिटौला एउटै समूहमा थिए । सिटौला सभापति र थापा महामन्त्रीका उम्मेदवार थिए । तर दुवै जना पराजित भएका थिए । पनि थापा रामचन्द्र पौडेल समूहमा लागेका थिए । १४औं महाधिवेशनमा थापा डा.शेखर कोइराला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिए ।
 

 

ताजा अपडेट
सम्बन्धित समाचार