एमसीसीबारे अब ‘वार कि पार’ हुनुपर्छ  : गगन थापा

11.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौं । कांग्रेस नेता गगन थापाले एमसिसीको विषयमा कुरा नमिले अब सत्ता गठबन्धनलाई चलाइराख्न नसकिने बताएका छन् । 

संसद् बैठकपछि संचारकर्मीलाई प्रतिक्रिया दिंदै थापाले अब सत्ता गठबन्धनमा कुरा नमिल्ने सँगै अघि बढ्न नसकिने बताएका हुन् ।

‘अब सिधा छ । हामीहरूबीच कुरा मिल्यो भने सत्ता गठबन्धन चलिरहन्छ’ उनले भने, ‘अब हामीबीच कुराकानी पनि नमिल्ने र सहमति पनि नहुने हो भने गठबन्धन चलिरा्ख्छ भन्ने हुदैन ।’ सत्ता गठबन्धन एमसिसीको लागि मात्रै नबनेको पनि उनको भनाई थियो । 

एमसिसीलाई अब अड्काएर राख्न नहुने भन्दै संसदमा ल्याएर पास वा फेल जे भए पनि एउटा टुंगोमा पुर्याउनुपर्ने बताए ।

ताजा अपडेट
सम्बन्धित समाचार