अबको केही दिनमै संयुक्त आन्दोलन

9.5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

चितवनः नेकपका प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयभित्रै संयुक्त आन्दोलनमा दलहरू जाने बताएका छन्।

आज बिहान चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेताहरूसँग संयुक्त आन्दोलनमा जाने विषयमा छलफल भएको जानकारी गराएका हुन् । भइराखेको आन्दोलनलाई सकेसम्म संयुक्त गरौं भन्ने प्रयास भइराखेकै छ। हिजो मैले काँग्रेस सभापति शेरबहादुर देउवासँग कुरा गरेँ आन्दोलनलाई संयुक्त बनाऔं भनेर। रामचन्द्र पौडेल र अरू नेतासँग पनि कुरा गरिराखेकै छु। जसपाका नेताहरूसँग पनि कुरा भइराखेकै छ। केही समयभित्र संयुक्त आन्दोलन हुन्छ भन्ने लागेको छ,’ उनले भने। संविधानलाई ट्रयाकमा ल्याउन आन्दोलन गर्नुपरेको उनले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुलाई उनले असंवैधानिक भनेका छन्। ‘चुनाव भयो भने त्यो असंवैधानिक र अलोकतान्त्रिक हुन्छ,’ प्रचण्डले भने। अवैधानिक चुनाव नगर्न उनले आग्रह समेत गरेका छन्। सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना हुने विश्वास प्रचण्डको छ।

ताजा अपडेट
सम्बन्धित समाचार