माओवादीको अध्यक्षमा किन प्रचण्डलाई नै निरन्तरता दिइन्छ ?

23.5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र सोमबार काठमाडौंको प्रज्ञा भवनमै शुरु भएको छ ।  बन्दसत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदैन। माओवादीले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेको छ। १६ बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी छन् । 

यसपटक पनि माओवादी नेतृत्वमा प्रचण्ड नै हुने देखिएको छ । प्रचण्डविरुद्ध अहिलेसम्म कसैले पनि उमेदवारी दिने तयारीमा रहेको देखिदैन । अध्यक्ष पदमा अन्य कसैले उमेदवारी नदिने भएपछि उनी नै अध्यक्ष बन्ने पक्का भइसकेको छ । 

लामो समयदेखि माओवादीको नेतृत्व गर्दै आइरहेका प्रचण्ड फेरि पनि अध्यक्ष पद सम्हाल्ने तयारीमा छन् । यसै बिषयमा अहिले प्रचण्ड नेताहसँग छलफलमा छन् । पदाधिकारीमा भने आकांक्षीहरु बढी देखिएका छन् । 

माओवादी निकट एक नेताका अनुसार अहिले पदाधिकारीमा ३० जना भन्दाबढी आकांक्षी देखिएका छन् । वरिष्ठ उपाध्यक्षमा एक जना र उपाध्यक्षमा ६ जना रहने व्यवस्था छ । यस्तै महासचिवमा एक जना र उपमहासचिव दुई जना रहनेछन् । तर कुन पदमा दाबी गर्ने भन्ने कसैले खुलेर भन्न सकिरहेका छैनन्  ।

ताजा अपडेट
सम्बन्धित समाचार