काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरेका छन् ।
आइतबारबाट सुरु भएको माओवादीको महाधिवेशनका क्रममा सोमबार भएको बन्दसत्रमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन वाचन गरेका हुन् ।
बाँडिएको प्रतिवेदनमाथि २८ समूहले छलफल गर्नेछन् । राजनीतिक र विधान पारित भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ। आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ ।