एकीकृत समाजवादी सँग पार्टी एकता घोषणा गर्ने माओवादीको निर्णय! माधव नेपालसंग भयो यस्तो सहमति

15k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएको प्रतिवेदनमा केपी ओली प्रवृत्तिका विरुद्ध संघर्ष गर्दै वृहत कम्युनिस्ट एकता कायम रहेको उल्लेख गरिएको छ ।

प्रतिवेदनामा भनिएको छ, ‘आज पनि ओली प्रवृत्तिका विरुद्ध संघर्ष गर्दै वृहत कम्युनिस्ट एकता कायम नै छ । हाम्रो पार्टी अहिले पनि एकताको पक्षमा छ र रहिरहने छ ।

विभिन्न माओवादी समूह, माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीसँग सहकार्य बढाउँदै जाने हाम्रो नीति स्पष्ट नै छ ।’ प्रतिवेदनमा भनिएको छ, ‘संसदीय दलको बहुमतले ओलीलाई दलको नेताबाट पनि निष्कासित गर्‍यो ।

आधिकारीक र वैधानिक रुपले गरिएको उपरोक्त निर्णयलाई तत्कालीन निर्वाचन आयोग र संसद् सचिवालयले जानीबुझी गरेको ऐन र नजीर विपरित र अन्त्यमा सर्वोच्च अदालतको अस्वभाविक राजनीतिक फैसलाका कारण पार्टी एकता असफल बनाइयो । पार्टी एकतालाई असफल तुल्याइयो ।’

ताजा अपडेट
सम्बन्धित समाचार