स्वास्थ्य उपचारको लागि भारत उडे बाबुराम 

11.8k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौंः जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वास्थ्य उपचारको लागि आज भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

भट्टराई नेपाल बायुसेवा निगमको जहाजबाट भारत प्रस्थान गरेका हुन् । उनको पेटमा समस्या देखिएको छ र यसअघि काठमाडौंको निदान अस्पतालमा भट्टराईले उपचार गराएका थिए। भारत उड्नुअघि डा. भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छोरी, ज्वाँई, नाति लगायतसंग विदावारी भएको तस्विरहरु सामाजिक सञ्जालमा हालेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार