एमसिसी सम्झौता आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गर्नुपर्ने डा. भट्टराईको भनाई

11.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौँ : सत्ता गठबन्धन सम्बद्ध दल जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना (एमसीसी) संसदबाट सर्वसम्मतिले पारित गर्न आग्रह गर्नुभएको छ ।

एमसीसीका नाममा प्रतिगमनविरुद्ध एकताबद्ध पाँचदलीय गठबन्धन टुट्न नहुनेमा उहाँको जोड छ । ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं। सबै एकमुख भएर जनतालाई बुझाऔं,’ भट्टराईले सामाजिक संजाल ट्विटरमार्फत भन्नुभएको छ, ‘यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस् । यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिस्ट’का लागि घाँटीको हाड नबनोस् ।’

एमसीसी पारित नभए देशमा थप आर्थिक संकट उत्पन्न हुने भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् भन्दै सचेतसमेत गराउनुभएको छ ।

पछिल्लो पटक पाँच दलीय सत्तारुढ गठबन्धनभित्र फेरि एमसीसीले प्रवेश पाएको छ । अधिकांश दल यसको विपक्षमा उभिँदा संसदबाट पारित गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास असफल हुँदै आएको छ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार