अदालतले सही फैसला गर्छ भन्नेमा म विश्वस्त छु!:प्रचण्ड

10.9k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतले संविधानको भावनाअनुसार फैसला गर्ने धारणा व्यक्त गरेका छन् ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले पुस ५ पछि आफूहरु नयाँ प्रकारको युद्धमा रहेको बताउँदै युद्ध जित्ने विश्वाससमेत व्यक्त गरे । अहिले आफूहरु रक्तपातविहीन युद्धमा रहेको भन्दै उनले भने, ‘हाम्रो अदालतप्रति विश्वास छ, सही फैसला गर्छ भन्ने विश्वास छ ।’

नेपाली जनता र नेपालको संविधानको मर्म, भावनाअनुसार सर्वोच्चबाट फैसला आउँछ, त्यसलाई हामीले स्वीकार्य गर्नुपर्छ, प्रचण्डले सर्वोच्चको फैसलापछि मुलुकमा राजनीतिक अस्थिरता अन्त्य हुने विश्वास व्यक्त गरे ।

 

ताजा अपडेट
सम्बन्धित समाचार