अर्धचेत अवस्थामै ‘एकराज खोइ ? ’भन्दै बर्बराएकी वली अस्पतालका भर्ना, कारण यस्तो

17k Shares
सम्बन्धित पार्टी
यो पनि

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीको स्वास्थ्य परीक्षण गरिएको छ । प्रारम्भिक परीक्षणमा उनलाई डिप्रेसनको लक्षण देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

ओलीको स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा चेकजाँच गरिएको हो । राज्यमन्त्री वलीलाई गएराति दाङबाट बुटवल लगिएको थियो । बुटवल लैजाँदै गर्दा वलीले अधिकांश समय ‘एकराज खोइ र? ’ भन्दै बर्बराएको माओवादी स्रोतले जानकारी दिएको छ ।


स्रोतका अनुसार वली अर्धचेत अवस्थामा पुगेपछि उनलाई राति नै लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो ।

उनलाई अर्धचेत अवस्थामा राति अस्पताल ल्याइएको मेसु ढकालले बताए । डाक्टर ढकालका अनुसार वलीमा ब्लड प्रेसर र सुगरको समस्या पनि देखिएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार