एसपीपीलाई एमालेले चुनावी एजेण्डा बनाउन खोज्यो : प्रवक्ता महत

14.9k Shares
सम्बन्धित पार्टी
यो पनि

नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेकपा (एमाले)  ले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई चुनावी एजेण्डा बनाउन खोजेको बताएका छन् । नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा।महतले यो धारणा राखेका हुन् ।

उनले भने, “यो केही ठूलो कुरा थिएन, जबकी ओली सरकारकै पालामा यसमा पत्राचार भएको रहेछ र त्यो खुलिसकेको पनि छ, तर एजेण्डाविहीन बनेको एमालेले एसपीपीलाई आगामी संसदीय निर्वाचनको एजेण्डा नै बनाउन खोज्यो ।” 

प्रवक्ता डा. महतले नेकपा (एमाले) गएको स्थानीय तहको निर्वाचनपछि एजेण्डाविहीन बनेको र त्यसैले सरकारका विरुद्धमा आगामी संसदीय निर्वाचनलाई लक्ष्य गरेर विभिन्न अनर्गल प्रचारमा लागेको उनको आरोप थियो ।  पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका प्रवक्ता डा।महतले नेपालले कुनै देश या समय हेरेर नभई स्थायी र सन्तुलित परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा जोड दिए ।



ताजा अपडेट
सम्बन्धित समाचार