एसपीपी सम्झौताको ड्राफ्ट बाहिरिएको सम्बन्धमा खोजि हुनुपर्छः प्रदीप ज्ञवाली

13k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

नेकपा(एमाले)का सांसद प्रदीप ज्ञवालीले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम सम्झौताको ड्राफ्ट बाहिरिएको सम्बन्धमा खोजि हुनुपर्ने बताएका छन् ।

आज आइतबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद ज्ञवालीले स्टेट पार्टनरसिप प्रोग्राम सम्झौताको ड्राफ्टलाई बेवारिसे भनेर टार्न खोजिएको बताए ।

उनले सो सम्झौताको विषय गम्भीर भएको भन्दै राज्यका निकायहरुमा कसरी र कहाँ–कहाँबाट पुग्यो यसको उद्गमको खोजि गर्नुपर्ने बताए । उनले सो सम्झौताको विषयलाई सन् २०१५ देखि २०१९ सम्मको पत्राचारको चरण, सन् २०१९ मा सरकारले अध्ययन गरेको चरण र हाल ड्राफ्ट बाहिरिनुसम्मको चरण गरी तीन चरणकै खोजि गरिनुपर्ने बताए ।

उनले कसैको व्यक्तिगत रिसले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई महाअभियोग लगाएर न्यायालयलाई विवादमा तानिएको बताए । महाअभियोग लगाएर व्यक्तिगत आत्मसन्तुष्टि भएपनि यसरी राज्यका संस्थाहरु बलियो नहुने उनको भनाइ छ । त्यसैगरी उनले नेपाली सेनालाई पनि विवादमा ल्याउन खोजिएको बताए । उनले सेनालाई कमजोर पार्न लागिएको हो कि भन्ने आशंका व्यक्त गरे ।

सांसद ज्ञवालीले राज्यका विभिन्न निकायहरुले अन्तर्राष्ट्रियस्तरमा पत्राचार गर्नुपर्दा सम्बन्धित मन्त्रालयहरुको समेत अनिवार्य रुपमा राय लिएर परराष्ट्र मन्त्रालयमार्फत गर्नुपर्ने बताए।

ताजा अपडेट
सम्बन्धित समाचार