काठमाडौं : सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते एकै चरणमा गर्नेगरी संघ र प्रदेशको निर्वाचन मिति घोषणा गरेको हो।
सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते निर्वाचन गर्ने सहमति भएको थियो। त्यही सहमतिअनुसार सरकारले चुनावको मिति घोषणा गरेको हो।
गठबन्धनको सुझाबअनुसार सरकारले आज चुनावको मिति तोकेको एक मन्त्रीले जानकारी दिए। निर्वाचन आयोगले गरेको सिफारिस अनुसारको समयसीमा कटेको दुई सातापछि सरकारले निर्वाचनको मिति घोषणाको गरेको हो।
प्रधानमन्त्री देउवाले निर्वाचन घोषणाबारे प्रमुख प्रतिपक्षी दल एमाले, सभामुख र कानुनविद्लगायत सरोकारवालासँग यसअघि नै परामर्श गरिसकेका थिए।
उनले गत मंगलबार मन्त्री र सचिवलाई बोलाएर चुनावको मिति छिट्टै घोषणा हुने भन्दै तयारीमा लाग्न निर्देशन दिएका थिए।