काठमाडाैंः सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले मन्त्रिपरिषद्ले निर्वाचन घोषणा गरे पनि संसद् यथावत रहने बताएका छन् । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरेको छ।
निर्वाचनको मिति घोषणापछि संसद् विघटन हुन्छ कि हुँदैन भन्ने विषय उठिरहेको बेला पूर्वन्यायाधीश केसीले संसद् यथावत रहने बताएका हुन्।
''कथंकदाचित चुनाव भाँडियो भने पनि मुलुक संसदविहीन अवस्थामा रहँदैन, पूर्वन्यायाधीश केसीले बताए । उनले भने, '' मन्त्रिपरिषद्ले घोषित मितिमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएपछि संसद विघटन हुने गरि निर्णय गर्नुपर्छ । त्यसो भएको अवस्थामा कथंकदाचित चुनाव भाँडियो भने पनि मुलुक संसदविहीन अवस्थामा रहँदैन । 'यसबीचमा सरकार छाडा हुन नहुने उनले बताए ।
नेपालको संविधान धारा ८५ मा प्रतिनिधिसभाको कार्यकाल अगावै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हुने उल्लेख छ ।