निर्वाचनमा तालमेल गर्ने निर्णय संविधानविपरित भएको रावलको जिकिर

13.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौंः नेकपा (एमाले) का नेता डा.भीम रावलले सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्ने निर्णय गर्नु संविधानविपरित भएको बताएका छन् । रिपोटर्स क्लव नेपालले शुक्रबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले निर्वाचनमा तालमेल समान सिद्धान्त, विचार र दर्शन भएकाहरुबीच हुने भन्दै अहिले कायम रहेको पाँच दलीय गठबन्धनबीच कुनै पनि कुरा नमिल्ने र गठबन्धन गरे संविधानविपरित हुने बताएका हुन् । 

हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि पाँच दलीय गठबन्धनले संविधानविपरित तालमेलको नाममा लोकप्रिय मत मागेको उनले बताए । रावलले आम निर्वाचन सरकार र आयोगले स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा गराउनुपर्नेमा जोड दिए । 

रावलले निर्वाचनको मिति घोषणा गर्दागर्दै सरकारले कतिपय सचिवहरुको सरुवा र केही महत्वपूर्ण नियुक्ती गरेको भन्दै विरोध जनाए । त्यस्तै रावलले निर्वाचनमा उमेदवारले मनोनयन गर्दाको समयसम्म सांसद पद कायम रहने जिकिर गरे । 

ताजा अपडेट
सम्बन्धित समाचार