महोत्तरी क्षेत्र ३ मा महन्थ ठाकुर र दिपेन्द्र झा भिड्दै , कसले मार्ला बाजी ?

345.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी
यो पनि

काठमाडौंः सरकारले आगामी मङ्सिर ४ गते प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल बढेको छ । योसँगै विभिन्न दलका उम्मेदवार चयन , चुनाव क्षेत्र  तथा जित–हारको सम्भावित र प्रतिस्पर्धीहरूका बारेमा पनि लेखाजोखा हुन थालेको छ । 

यसैबिच महोतरी क्षेत्र नम्बर ३ बाट लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष  महन्थ ठाकुर र मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा ले एकै ठाउँबाट उम्मेदवारी दिने चर्चा चलेको छ । ठाकुरले २०७४ सालको चुनावमा काँग्रेससगँ गठबन्धन गर्दा महोत्तरी क्षेत्र ३ बाट भारी मतान्तरले विजयी भएका थिए । उनले वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका प्रतिस्पर्धीलाई तेब्बर बढी मत पाएर विजयी हुन । 

तर यस पटक भने उनले मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाको समाना गर्नु पर्ने भएको छ । यदि सरकारसगँ गठबन्धन भयो भने लोसपा विजयी हुने पक्का हुने छ । झा मधेश प्रदेशमा रहि त्यहाँका जनताहरुबिच उनले आफ्नो स्थान पक्का गरिसकेका छन । पछिल्लो समय न्यायाधिवक्ता झालाई जिताउन होडबाजी नै चलेको छ ।  झा ले मधेश प्रदेशलाई कसरी विकास गर्ने योजनाका साथ चुनावमा लड्न लागेको बताए ।   

झा यसपालीे  केन्द्र या प्रदेश जे मा भएपनि लड्ने निश्चित गरेका छन । तर यस पटकको चुनावमा उपेन्द्र यादवले दिपेन्द्र झालाई केन्द्रबाट नै लड्न सुझाव दिएका छन ।   

ताजा अपडेट
सम्बन्धित समाचार