सर्लाहीको क्षेत्र नम्बर ४ मा चार नेताको नजर , कसले पाउँला त टिकट ?

36.1k Shares
यो पनि

काठमाडौंः संघ तथा प्रदेशको चुनाव मिति तोक्दैपछि नेताहरु आ–आफ्नो चुनाव क्षेत्र सुरक्षित बनाउन थालेका छन् । कुन नेता कहाँबाट चुनाव लड्ने भन्ने लेखाजोखा सुरु भइसकेको छ । सोही क्रममा अहिले मधेस प्रदेशको सर्लाही क्षेत्र नम्बर ४ चर्चामा छ ।

२०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसका नेता डा अमरेशकुमार सिंह निर्वाचित भएको सो क्षेत्रमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल अर्थात् अहिलेको लोकतान्त्रिक समाजवादी पार्टीको पनि राम्रै प्रभाव छ ।

अहिले सोही ठाउँमा लोसपाका अन्य नेताको पनि चासो बढेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य अनिलकुमार झा र नेता राकेश मिश्र समेत सोही क्षेत्रबाट चुनाव लड्न सक्ने चर्चा छ ।

लोसपाका अध्यक्ष ठाकुर सर्लाही क्षेत्र नम्बर ४ बाट दुईपटक चुनाव हारेका छन् । तेस्रो पटक उनी सर्लाही छाडेर महोत्तरी क्षेत्र नम्बर ३ बाट चुनाव जितेका हुन् ।
पहिला पनि दुई पटक चुनाव लडिसकेकाले महन्थलाई सर्लाही–४ मा उम्मेदवार हुन गाह्रो छैन । तर महोत्तरी–३ का युवा नेता अजय झा महन्थले महोत्तरीबाटै उम्मेदवारी दिने दाबी गर्छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार