सप्तरीमा महतो र राउत भिड्न आए पछी , यादव विरगंज जादै

247.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी
यो पनि

काठमाडौंः सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरिसकेको छ । साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले मङ्सिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा गरेको हो । योसँगै चुनावी चर्चा पनि चुलिएको छ । निर्वाचनको मिति तय भएसँगै दलहरू पनि निर्वाचनको तयारीमा जुटेका छन् भने दलका नेताहरू उम्मेदवारीका लागि आ–आफ्नो चुनाव क्षेत्र लक्षित गतिविधिमा सक्रियता बढाउन थालेका छन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा‍‍। सीके राउत सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभामा उठ्ने घोषणा गरिसकेका छन । यसअघि  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले क्षेत्र नम्बर–२ बाट नै चुनाव लड्ने निर्णय गरेका थिए । तर उनले अहिले विरगंजबाट भुनाव उम्मेदवारी दिने तयारी गरेका छन ।

सप्तरीबाट महतो र राउत भिड्ने भएकाले उनले विरगंजबाट चुनाव लड्न लागेको जसपाका एक नेताले पोलिटिक्स नेपापलाई बताएका हुन । उनका अनुसार सप्तरी क्षेत्र नं २ यादवले स्थानीय तहमा हार भएको थियो र विरगंजबाट प्रदिप यादव भारी मतबाट विजयी भएको हो । 

यति मात्र नभई विरगंजमा यादव र मुस्लिमहरुको बहुलियता रहेका कारण त्यहाँबाट प्राप्त हुने भोट जसपालाई नै दिने भएकाले उनी त्यहाँबाट लड्न लागेका हुन । यादवका अनुसार सप्तरी क्षेत्र नम्बर २ बाट २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा जसपा ले चुनाव जितेको थियो। तर पछिल्लो स्थानीय तहको निर्वाचनमा जसपाले उक्त क्षेत्रमा हार व्यहोर्नु परेकाले विरगंजबाट उम्मेदवारी दिने तयारी गरेको जनाएका छन । के अब विरगंजबाट यादवले चुनाव जित्लान त  
 

 

ताजा अपडेट
सम्बन्धित समाचार