मधेश संग्राम : रौतहटमा नेपाल ,झा र गुप्ताकाे महा टक्कर

29.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी
यो पनि

काठमाडाैंः सरकारले चुनावको मिति तोकेसगैँ  चुनावी चर्चा चुलिएको छ । निर्वाचनको मिति तय भएसँगै दलहरू पनि निर्वाचनको तयारीमा जुटेका छन् भने दलका नेताहरू उम्मेदवारीका लागि आ–आफ्नो चुनाव क्षेत्र लक्षित गतिविधिमा सक्रियता बढाउन थालेका छन् । ०७४ मा काठमाडौं–२ बाट २७ हजार ३ सय ३६ मतसहित निर्वाचित भएका माधव नेपालले यसपटक रौतहट १ बाट चुनाव लड्ने तयारीमा रहेका छन । 

रौतहटबाट उम्मेदबारी दिने माधवको टक्करमा पूर्व मेयर अजय गुप्ता र अनिल झा सगँ हुने भएको छ । यसअघिको निर्वाचनमा नेपाल गुप्तासगँ करिब २५० मतले विजयी भएका थिए भने झा तेस्रो भएका थिए । तर यस पटक भने तिनै जना एकै ठाउँबाट भिड्ने भएका छन । गुप्तालाई यसपटक एमालेको साथ रहेको छ । स्थानीय तहको निर्वाचनमा पराजित भएका गुप्ता एमालेमा प्रवेश गरेका हुन । 

माधव नेपालको निर्वाचन क्षेत्रमा पर्ने काठमाडौंको शंखरापुर नगरपालिका भने एकीकृत समाजवादीले गुमाएको छ। नेपालको निजी निवास रहेको वडा भने काठमाडौं महानगरको ३२ नम्बर वडामा नै पर्छ। यो क्षेत्रलाई नेपालले बलियो ‘आधार क्षेत्र’ का रुपमा लिँदै आएका थिए।  तर, यो स्थानीय तह निर्वाचनमा नेपालकै ‘पकड’ रहेको क्षेत्रमा स्वतन्त्र उम्मेदवार बालेन साहले ल्याएको मतले भने एमालेलाई मात्र नभई एकीकृत समाजवादीका नेताहरुलाई पनि झस्काएको छ। 

स्थानीय चुनावमा गौर क्षेत्र नं १ बाट केहि तहमा एकृकीत समाजवादी नै विजयी भएकाे र गौर क्षेत्र नं १ नेपालकाे पकड जिल्ला भएका कारण नेपालले रोतहटबाट चुनाव लड्ने तयारी गरेका हुन । यसो त  अघिल्लो चुनावमा नेपाल, गुप्ता र झा बिच कडा टक्कर भएको थियो भने यस पटक पनि उनीहरूबिच प्रतिस्पर्धा रोमान्चक हुने भएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार