पार्टी बाट एक्लिदै गएका विमलेन्द्र निधिलाई राजेन्द्रकाे टक्कर,कस्ले मार्ला बाजी ?

82.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
सम्बन्धित पार्टी
यो पनि

काठमाडाैंः मंसिरमा हुने आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको माहोल ह्वात्तै तातेको छ । मंसिर ४ गते मुलुकभर हुने उक्त निर्वाचनमा कुन–कुन उम्मेद्वारको कस्तो प्रतिस्पर्धा हुँदै छ भनेर यसबेला चर्को बहस सुरु भएको छ ।

यसैबीच अहिले मधेस प्रदेशको एउटा महत्वपूर्ण निर्वाचन क्षेत्र, जहाँ नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पार्टीका उपसभापति विमलेन्द्र निधि र राजेन्द्र महत्तोबीच प्रतिष्पर्धा हुँदैछ, त्यसले नेपाली राजनीतिक परिवेश तताइरहेको छ ।

महत्तो धनुषा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा प्रत्यक्ष तर्फको उम्मेद्वार भएपछि सो क्षेत्रबाट चुनाव लड्दै आएका कांग्रेसका प्रभावशाली नेता निधिले अर्को चूनौती थपिएको महसुस गरेका छन् ।

नेपाली कांग्रेसका उपसभापति निधिले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ मा नेता राजेन्द्र महतोसँग पराजित भएका थिए। साथै कांग्रेसको १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार दाबी गरेका निधिले पराजित भोग्नुपरेको हो । उनेले २०७४ को निर्वाचनामा पनि हारेका कारण यदि युपछक पनि हारे भने अब निधि के गलार्न भन्ने प्रश्न उठेको छ  । 

धनुषाको नगराइन नगरपालिकाका निधि विद्यार्थीदेखि नै राजनीतिमा सक्रिय भएका हुन्। राजनीतिक परिवारमा जन्मिएका निधिका बुबा महेन्द्रनारायण निधि कांग्रेसका महामन्त्री थिए।

पार्टी उपसभापति र उपप्रधानमन्त्री बनिसकेका निधिका निकटहरू उनले सभापतिमा अपेक्षित मत नपाएका कारण निधिले हार परासजत हुनुपरेको निधि निबट एक नेताले पोलिटिक्स नेपाललाई बताएका हुन । 

निधि अहिले तेस्रो धारमा छन उनलाई कसैले साथ दिएका छैन् । पार्टी सभापतिको रबैयाले गर्दा ओजेल पर्दै गएका  छन् । देउवा निकट मानिएमा निधि देउवाका कारणले गर्दा नै पछाडि परेका छन । निधिले देउवालाई १३औं महाधिवेशनमा जिताउन तन, मन र धनले सहयोग थरेका थिए । तर १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवार बन्ने घोषणा गरेपछि देउवा र निधिको सम्बन्ध चिसोपन खड्किएको छ।  स्थानीय तहको निर्वाचनमा निधिको प्रतिष्ठासँग जोडिएको जनकपुर उपमहानगरपालिकामा देउवाले सत्ता गठबन्धनको भागबन्डा मिलाउँदा जनता समाजवादी पार्टीलाई सुम्पिदिएपछि निधि र देउवाबिच सम्बन्ध बिग्रिएको हो ।
 
जनकपुर उपमहानगरको निर्वाचनमा देउवालाई आफ्नो शक्ति देखाइदिएका निधि त्यसयता मौन छन्। उनी पार्टी जीवन र राष्ट्रिय राजनीतिका कतिपय महत्वपूर्ण विषयमा आफ्नो धारणा सार्वजनिक गरेको देखिएको या सुनिएको छैन। धनुषा क्षेत्र नं ३ नेता महतोको पकड क्षेत्र भएका कारण निधिलाई यो पटक पनि चुनाव जित्न बढी कसरत गर्नुपर्ने देखिएको छ । महतोले पहिला पनि आफुले चुनाव जितेको र अझै जित्ने सम्भावना रहेको महतो निकट स्रोतले जनाएको छ । 

निधि कांग्रेसभित्र मधेश कित्ताको ठूलो नेता रहेको भ्रम टुटेको बताए। मधेशमा अधिकारका लागि भएको आन्दोलनले समेत कांग्रेस महाधिवेशनमा प्रभाव पारेको छ । उनले मधेश र मधेश आन्दोलनमा निधिमा कुनै प्रकारको लिगेसी नरहेकाले पनि मधेस प्रदेशबाट समेत सोचे अनुरूप मत पाउन नसकेको राजनीतिक विश्लेषकले बताएका छन । 

ताजा अपडेट
सम्बन्धित समाचार