काठमाडौंः नेपाल समाजवादी पार्टीका नेताहरु माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न तयार भएका छन् । तत्कालीन एकीकृत माओवादीबाट सात वर्षअघि अलग्गिएका डा बाबुराम भट्टराई पुनः माओवादी केन्द्रकै निर्वाचन चिह्नबाट उम्मेवार बन्ने सम्भावना बढेको छ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच संघीय निर्वाचनमा एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धामा उत्रिने करिब–करिब सहमति भएको छ। गत बिहीबार मात्रै प्रचण्ड र भट्टराईबीच ललितपुरमा भेट भएको थियो। भेटमा नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए। त्यसअघि पनि दुई नेताबीच पटक–पटक भेट हुने गरेको छ।
प्रचण्ड–बाबुराम भेटवार्ता , के के भयो कुराकानी ?
२०७४ सालको निर्वाचनमा भट्टराई गोरखा-२ बाट निर्वाचित भएका थिए। नयाँ शक्तिबाट उम्मेदबार बनेका उनले कांग्रेसको सहयोगमा वाम गठबन्धनका साझा उम्मेदवार नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए।
भट्टराईलाई माओवादी निकट बनाउने विषयलाई श्रेष्ठले नरुचाएको प्रचण्ड निकट माओवादी केन्द्रका नेताहरु बताए छन्। श्रेष्ठ राष्ट्रिय सभाबाट राजीनामा दिएर प्रतिनिधि सभामा उम्मेदवार बन्ने योजनामा रहेको एक नेताले पोलिटिक्स नेपाललाई बताए । पछिल्लो समय पार्टीबाट प्रचण्ड र श्रेष्ठलाई दबाब बढेका कारण भट्टराई र प्रचण्ड नजिकिए महत्वपूर्ण मानिने बताएका छन । तर, यसकारण प्रचण्ड र श्रेष्ठबीचको सम्बन्धमा दरार आउँदै गएको छ ।