लोसपा गठबन्धनमा जादा घाट

19k Shares
सम्बन्धित पार्टी
यो पनि

काठमाडाैंः सरकारले चुनावको मिति तोकेसगैँ  चुनावी चर्चा चुलिएको छ । निर्वाचनको मिति तय भएसँगै दलहरू पनि निर्वाचनको तयारीमा जुटेका छन् भने दलका नेताहरू उम्मेदवारीका लागि आ–आफ्नो चुनाव क्षेत्र लक्षित गतिविधिमा सक्रियता बढाउन थालेका छन् ।

आसन्न निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनका दलहरुले गठन गरेको कार्यदलको बैठक आज बस्दै छ । बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा मंसिर ४ गते निर्धारित प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गठबन्धनका दलबीच सिट बाँडफाँटबारे छलफल हुने छ ।

२० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थियो । ११ सदस्यीय कार्यदलको संयोजक नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् ।

लोसपा सरकारमा सहभागी भएपछि सरकारले लोसपालाई जम्मा ६ सिट दिने भएको छ । सरकारले लोसपालाई पकड कम भएको जिल्लामा मात्र सिट दिने तयारी गरेको लोसपाका एक नेतालृ पोलिटिक्स नेपाललाई बताएका छन । उनका अनुसार यदि लोसपाले एक्लै चुनावमा लडेको भए राष्ट्रिय पार्टी बन्न सक्ने सम्भावना भएको बताए । लोसपाका स्रोतका अनुसार काग्रेसंसगँ गठबन्धन गर्दा लोसपा पार्टीलाई घाटा हुने भएको छ । प्रतक्ष्य रुपमा लोसपाका नौ जना नेता रहेका छन । 

ताजा अपडेट
सम्बन्धित समाचार