आसन्न निर्वाचनमा इलाम–१ बाट उम्मेदवार बन्ने झलनाथ खनालको घोषणा

14.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौंःनेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले आसन्न निर्वाचनमा आफू इलामको क्षेत्र नम्बर १ बाट उम्मेदवार हुने घोषणा गरेका छन् । आइतबार बिहान भैरहवास्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै खनालले ०४८ सालदेखि निरन्तर चुनाव लड्दै आएको क्षेत्रबाटै अब अन्तिमपटक चुनाव लड्ने बताए ।

उनले आफूूले इलाम निर्वाचन क्षेत्र नम्बर १ बाट जित्ने विश्वाससमेत व्यक्त गरे । उनले सत्तारुढ गठबन्धनबाट आफ्नो उम्मेदवारी पक्का रहेको पनि बताए । ‘गठबन्धन दृढतापूर्वक अगाडि बढ्छ,’ उनले भने, ‘एकतामै बल हुन्छ, एक्लो डेढुुको असफलता अनिवार्य छ ।’

उनले गठबन्धन चुनावसम्म हुुन्छ कि पछिसम्म जान्छ भन्ने कुरा अहिले नै भन्न नसकिने बताए । उनले दक्षिणपन्थी अवसरवाद प्रकट भएकाले विखण्डनको खतरा देखिएको बताउँदै तत्काल एमालेसँग तालमेल र एकताको सम्भावना नरहेको बताए । उनले अहिले आफूूहरु कम्युनिस्ट घटकमध्ये नेकपा माओवादी केन्द्रसँग निकट सम्बन्धमा रहेको बताए ।

‘मुलुकका लागि बृहत वामपन्थी एकता आवश्यक थियो, त्यो भएन तर समाजवादी रुपान्तरणको शिलशिलामा एकताबद्ध हुनैपर्छ,’ उनले भने । पूर्वप्रधानमन्त्री खनालले वामदेव गौतमले माओवादीको चुनाव चिन्ह हसिया हथौडा लिएर निर्वाचन लड्ने कुरा सामान्य भएको बताए । 

ताजा अपडेट
सम्बन्धित समाचार