आयोगले माग्यो १० अर्ब ९८ करोड, कुन शीर्षकमा कति ?

15.3k Shares
यो पनि

काठमाडौं :  निर्वाचन आयोगले मंसिर ४ गतेको निर्वाचनका लागि १० अर्ब  ९८ करोड रुपैयाँ बजेट लाग्ने अनुमानसहित स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ। 

आयोग मन्त्रालय र आयोगबीच आइतबार छलफल भइरहेको छ।  आयोगले जनशक्ति व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत गरेको छ भने कुल करिब दुई लाख जनशक्ति लाग्ने अनुमान गरिएको छ। आयोगका प्रवक्ता पौडेलका अनुसार निर्वाचनमा ५७ प्रकारका निर्वाचन सामग्रीको प्रयोग हुनेछ।

तीमध्ये आयोगबाट ४२ प्रकारका सामान र १५ प्रकारका सामान जिल्ला तहबाट खरिद गरिनेछ । 

कुन शिर्षकमा कति खर्च :

१. सामग्री व्यवस्थापन : २ अर्ब ३ करोड २३ लाख 
२.कानून तथा राजनीतिक दल व्यवस्थापन सम्बन्धी :  २ करोड चार लाख 
३.अनुगमन तथा वैदेशिक सम्बन्ध : ११ करोड ५ लाख ५३ हजार 
४.मतदाता नामावली तथा निर्वाचन सञ्चालनसम्बन्धी : ५५ करोड १ लाख २० हजार 
५. सूचना प्रविधि व्यवस्थापन : ६३ करोड २४ लाख ५० हजार 
६. निर्वाचन शिक्षा, सूचना तथा तालिम सम्बन्धी : ६९ करोड ९३ लाख ६४ हजार ५००
७. निर्वाचन अधिकृतको कार्यालय व्यवस्थापन (मतदान केन्द्रमा जनशक्ति तथा मतगणना सम्बन्धी) : ६ अर्ब २ करोड ९३ लाख २० हजार 
८. प्रशासनिक खर्च (निर्वाचन आयोग तथा निर्वाचन कार्यालयहरु) : ८९ करोड ४८ लाख ६३ हजार  
९. निर्वाचन समीक्षा र प्रतिवेदन : २ करोड ५ लाख

आगामी निर्वाचनका लगि १६५ निर्वाचन क्षेत्र, २३ हजार मतदानस्थल र १ करोड ८७ लाख  मतदाता रहने आयोगले जनाएको छ। 

ताजा अपडेट
सम्बन्धित समाचार