एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि बस्दै, तय होला त उम्मेदवार छनोटको मापदण्ड ?

10.3k Shares
सम्बन्धित पार्टी
यो पनि

काठमाडौंः आगामी मंसिर ४ मा हुने आम निर्वाचन (प्रतिनिधिसभा र प्रदेशसभा) को योजना, घोषणा पत्रको तयारी, उम्मेदवार छनोटको मापदण्ड,  लगायतका विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदै छ।

स्थायी कमिटी बैठकले तय गरेका १९ वटा अजेन्डामा अडेर नै छलफल हुने जनाइएको छ। छलफलमा स्थानीय तह निर्वाचनको क्रममा प्राप्त उजुरीका बारेमा निर्णय लिने विषयमा पनि छलफल हुनेछ। केन्द्रीय समिति बैठकमा गठबन्धनले चालेको कदम, नागरिकता विधेयक लगायतमा पनि छलफल हुने छ। 

प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार बैठक दुई दिनसम्म चल्ने र त्यसमा चुनावी रणनीति एवं कार्यनीति खाका तय हुनेछ। एमाले यतिबेला चुनावी रणनीतिमा एक्लो र फितलो झैं देखिएको भनिरहँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक सक्रियता बढेको छ। दलका नेताहरु पनि गाँउ-गाँउ पुगेर चुनावी प्रचारमा जुटेका छन्।   

ताजा अपडेट
सम्बन्धित समाचार